नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, २६ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंकको सञ्चालक समितिको ६१७औं बैठकबाट अध्यक्षमा चयन भएका पाण्डेले प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।