प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय


काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ । आज (सोमबार) सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

प्रचण्ड हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई(मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका थिए । संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विभिन्न संघ/संस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक बृत्त तरङ्गित भएको छ । यसबीचमा प्रचण्डले नै प्रतिनिधि सभालाई सम्बोधन गर्ने कार्यसूची तय हुनुलाई विशेष रुपमा हेरिएको छ ।