प्रधानमन्त्री कप क्रिकेट: भुर्तेल र नाथको अर्धशतकमा पुलिसले दियो कोशीलाई २८९ रनको लक्ष्य


काठमाडौं । लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा विभागीय टिम नेपाल प्रहरीले कोशी प्रदेशलाई २८९ रनको विशाल लक्ष्य दिएको छ । भैरहवा मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन जोडेको हो ।

पुलिसका लागि कुशल भुतेृल र दिलिप नाथले अर्धशतक हिर्काए । ७८ बलको सामना गर्दै ६५ रन जोडेका भुर्तेलले समान २ छक्का र चौका हिर्काए । ६४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ६१ जना जोडेर नाथ आउट हुँदा अर्जुन साउद र रासिद खानले समान ३८ रन जोडे । दिपेन्द्रसिंह ऐरी ३२ रनमा आउट हुँदा गुल्सन झाले २१ रन जोडे ।

बलिङतर्फ कोशीका भुपाल लुईटेलले तीन तथा प्रकाश कार्कीले दुई विकेट लिए । त्यस्तै फिर्दोस अन्सारी, श्रवन किस्कु र दिपेश कँडेलको नाममा समान १ विकेट रह्यो ।