काठमाडौं, फागुन २९ । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन ।
नामिबियासँग दुई र हङकङसँग एक हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो । अब नेपालले चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।




प्रतिक्रिया