जनआन्दोलन समितिको ‘जनकमान्डर’ बने प्रसाईँ


काठमाडौं, १४ चैत । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई ‘जनकमान्डर’ तोकेको छ ।

आज (बिहीबार) पत्रकार सम्मेलन गरी समितिले प्रसाईँलाई ‘जनकमान्डर’ तोकेको निणर्य सार्वजनिक गरेको हो । साथै, प्रसाईँको आह्वानमा भोलि (चैत १५ गते) को आन्दोलनलाई समर्थन गर्ने पनि सुवेदीले बताए ।

‘संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ । प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई समर्थन गर्दछौं,’– सुवेदीले भने ।