काठमाडौं, १९ चैत । सरकारले गत चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज (मंगलबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आगामी २०८२ वैशाख २ देखि ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन अनुमति दिएको छ । चैत २४ गते दक्षिणकोरियाको सिओलमा आयोजित कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलाई स्वीकृति प्रदान गरिएको छ ।
बैठकले संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा आगामी वैशाख ८ गतेदेखि आयोजना हुने कार्यक्रममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नेतृत्वको मण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
त्यस्तै, चैत २५ गतेदेखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया