आज तीन वटा समितिको बैठक बस्दै, कानून समितिको बैठकमा तीनकुने घटनाबारे गृहमन्त्रीसँग छलफल हुने


काठमाडौं, २९ चैत । संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ।

यस्तै, बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीसँग छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (संचालन तथा व्यवस्थापन) विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ।