काठमाडौं, १ वैशाख । राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले लोकतन्त्र विश्वका प्रणालीमध्ये सर्वस्वीकार्य र सबैलाई अटाउन सक्ने व्यवस्था रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रजस्तो उन्नत र सर्वस्वीकार्य व्यवस्था अर्को हुन नसक्ने बताएका हुन् ।
साथै, तीनकुने घटनामा न्यायिक छानविन समिति बन्न आवश्यक रहेको उनले बताए । प्रा.डा.केसीले तीनकुनेको हिंसात्मक घटनामा न्यायिक छानविन भएर कसै न कसैलाई जिम्मेवार नबनाइए यस्ता घटना फेरि पनि दोहोरिन सक्ने उनको भनाइ छ ।
‘ठूलो घटना भएको छ । व्यक्तिगत सम्पत्तिमाथि प्रहार भएको छ । भाटभटेनी, जडिबुटी कम्पनी समाप्त बनाइयो । यो आपराधिक हर्कत हो । यसमा कसै न कसैलाई जिम्मेवार नबनाउने हो भने भोलि व्यक्तिगत सम्पत्ति धराशायी भएर जाने भयो । यो गर्ने मानिसहरु जवाफदेहितामा आउनुपर्छ र कानूनबमोजिक कारबाही गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया