तरुण दल अध्यक्ष गुरुङले नेविसंघ त्रिचन्द्र क्याम्पसक इकाइ अध्यक्ष शाहीलाई दिए सफल कार्यकालको शुभकामना


काठमाडौं, ४ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल विद्यार्थी संघ, त्रिचन्द्र बहुमुखी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी पाएका अमृत शाही ठकुरीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । अध्यक्ष गुरुङले आज एक कार्यक्रमबीच खादा ओढाएर इकाई अध्यक्ष ठकुरीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको त्रिचन्द्र क्याम्पसमा ११ वर्षपछि नेपाल विद्यार्थी संघको इकाइ गठन भएको छ। यस वर्ष सम्पन्न स्ववियु निर्वाचनमा त्रिचन्द्रमा नेविसंघले आफ्नै बागी उमेदवार र अन्य सात विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै स्ववियु निर्वाचनमा प्यानलै जितेको थियो । कार्यक्रममा नेपाल तरुण दलका उपस्थित केन्द्रीय सदस्यहरुले इकाई अध्यक्ष शाहीलाई बधाइ एवं कार्यकाल सफलताको शुभकामना दिएका थिए ।