काठमाडौंका यी स्थानमा आज विद्युत अवरूद्ध हुने


काठमाडौं, बैशाख ६ । आज बालुवाटार लगायतका क्षेत्रहरूमा एक घन्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै बालुवाटार, लाजिम्पाट, पानीपोखरी क्षेत्रलगायत महाराजगन्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तर्गतका स्थानहरूमा आज बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको हो ।

ती स्थानमा ट्रान्स्फर्मरको डिओ प्रतिस्थापन गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले केहीबेर विद्युत अवरूद्ध हुने र काम सकिएलगत्तै पुनः सुरू हुने प्राधिकरणले जनाएको छ।