गृहजिल्लामा शौचालयभित्र थुनिए योगेश


काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई पहिचानवादीहरु र नो केबलकार समूहले शौचालयभित्र थुनिदिएका छन् । कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईविरुद्ध पहिचानवादी र नो केबलकार समूहले नाराबाजी गर्दै उनी शौचालय गएको बेलामा घेरेर भित्रै थुनिदिएका हुन् ।

नो केबलकार समूह र पहिचानवादीहरुले एमाले सचिव भट्टराईविरुद्ध नाराबाजीसमेत गरेका थिए । कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालयमा छिरेका भट्टरार्इृविरुद्ध नाराबाजी गर्दै पहिचानवादी र नो केबलकार समूहले घेरेका थिए । पहिचानवादी र नो केबलकार समूहले नाराबाजीसहित भट्टराईलाई घेरेपछि प्रहरीले सुरक्षा दिएको थियो । सो क्रममा भट्टराय केही समय शौचालयमै बस्नु परेको थियो । भट्टराईलाई प्रहरीले हेलिकोप्टरमार्फत् काठमाडौं पठाइसकेको छ ।