काठमाडौं, ८ वैशाख । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ ।
शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । वैशाख ५ गते राति प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा सहमति नभएपछि शिक्षकहरु पूनः आन्दोलनमा होमिएका हुन् ।
यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकहरुको आन्दोलन झनै पेचिलो बन्ने संकेत देखिएको छ ।




प्रतिक्रिया