काठमाडौं, १० वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । ‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक डा.दिपेश केसीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको गरेको हो ।
उक्त अदालतको अवहेलना मुद्दा हिजो (मंगलबार) दर्ता भएकोमा आज सुनुवाइको लागि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी चढेको छ ।





प्रतिक्रिया