सिडेनले आज ईन्जिनियरहरुको राष्ट्रिय सम्मलेन गर्दै, उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने


काठमाडौं, ११ बैशाख । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)ले राजधानीमा एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बैसाख ११, ललितपुरको होटल हिमालयमा आयोजना हुने सम्मेलनमा ५०० भन्दा बढि ईन्जिनियरहरु, निती निर्माता, राजनीतिकर्मी, लगानीकार्ता, बिधार्थीलगायतको सहभागिता रहने सिडेनका अध्यक्ष ई. लक्ष्मण केसीले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहने छन भने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यतामा समापान सत्र चल्नेछ । तिनवटा प्राबिधिक सत्रहरुमा खास गरी हाल कायम संस्थाहरुको सवलिकरण र पुर्नसंरचना, उर्जा संकट र क्षेत्रीय व्यापार, ईन्जिनियरीङ्ग क्षेत्रका बिद्यमान समस्या र आवश्य नितिगत व्यवस्थाहरुबारे बिमर्श हुने संम्मेलन आयोजक समितिका संयोजक तथा सिडेन उपाध्यक्ष ई. उमेश धितालले बताए । प्राबिधिक सत्रहरुमा समेत ईन्जिनियरहरु, योजनाबिद्, नितीनिर्माता तथा राजनीतिज्ञहरुको संयुत्त समुहमा प्रभावकारी छलफल हुने उनले बताए ।

योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा बिश्वनाथ पौडेलले मुख्य बक्ताका रुपमा प्रस्तुतीकरण रहने पहिलो सत्रमा लोकसेवा आयोगका पुर्व अक्ष्यक्ष उमेश मैनाली, पुर्व सचिव अर्जुनजंग थापा तथा डा. दिपेश घिमिरे बक्ताकारुपमा रहने जनाईएको छ । सो सत्र पुर्वाधार निर्माणसँग सम्बन्धित संस्थाहरुको संस्थागत क्षमता अभिबृद्दि, सवलिकरण र पुर्नसंरचनाका आवश्यकतालगायतका बिषयमा केन्द्रित रहने छ ।

उर्जा संकट र व्यापारमा केन्द्रित रहने दोस्रो सत्रमा नेपाल बिद्यृत प्राधिकरणका पुर्व उपप्रबन्ध निर्देशक प्रवल अधिकारी मुख्य बक्ताका रुपमा रहने जनाईएको छ । पुर्व प्रबन्ध निर्देशक डा मुकेश काफ्ले, बिश्लेषक अरुण कुमार सुवेदी तथा स्वतन्त्र उर्जा उत्पादक सुमन जोशी बक्ताका रुपमा रहनेछन् ।

आईटी, परामर्शदाता, निर्माण व्यावसाय लगायतका क्षेत्रका समस्या र समाधानको उपायहरु खोजी गर्ने तेस्रो सत्रमा ति क्षेत्रका छाता संस्थाहरुको तर्फबाट संस्थागत प्रस्तुतीकरण रहने छ भने, नेपाली काँग्रेसको राजनीतिमा सक्रिय ईन्जिनियरहरुको प्यालनमा ती बिषयहरुमाथी छलफल हुनेछ । यसरी तिनवटा सत्रमा उठेका बिषयहरु तथा नितिगत रुपमा गर्नु पर्ने सुधारहरुका बिषयमा पार्टि र सरकारको ध्यानाकर्षण गर्ने गरी समापन सत्रमा प्रमुख अतिथि माननीय गगन कुमार थापालाई ति सुझावहरु हस्तान्तरण गरिने संयोजक धितालले बताए ।