ऊनको ‘हाफकोट’ उपहार पाएपछि प्रचण्ड मख्ख


काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा–बारपाकका स्थानीयले भेडाको ऊनबाट बनेको ‘हाफकोट’ उपहार दिएका छन् । गोरखाको बारपाकमा रहेका प्रचण्डलाई ‘रोसनी आमा’ ले आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट उपहार दिएकी हुन् ।

अध्यक्ष बारपाक आउने थाहा पाएपछि उनले प्रचण्डको लागि मिल्ने गरी त्यो कोट बुनेको सुनाईन् ।