काठमाडौ, १३ वैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पत्रकारलाई सरकार ढल्ने र बन्नेतिर भन्दा पनि सातबुदे कार्यान्वयनको बारेमा नेताहरुलाई प्रश्न गर्न आग्रह गरेका छन् । स्याङ्जा पत्रकार समाज नेपालको आयोजनामा काठमाडौंको त्तीसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा आयोजित नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापानमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले जहाँ गएपनि पत्रकारको प्रश्न सरकार कहिले ढल्छ भन्ने गर्नुहुन्छ । मैले पत्रकारहरुलाई आग्रह गर्छु, सरकार कहिले ढल्छ होइन, सातबुदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् ।’
उपसभापति गुरुङले वर्तमान सरकार देशलाई स्थायित्व प्रदान गर्न बनेको दाबी गरे । उसले वर्तमान सरकार इतिहासमा अहिलेसम्मकै बलियो रहेको र ढल्ने परिकल्पना पनि गर्न सकिने बताए । ‘यो सरकार इतिहासकै बलियो सरकार हो । ढल्ने परिकल्पना गर्न सकिँदैन ।’
फरक प्रसंगमा उनले शिक्षकले माग गरेको शिक्षा ऐन ‘पसलबाट समान किने जस्तो’ गरी दिन नसकिने बताए । ऐन छिटो जारी गर्न रातदिन काम भइरहेको र संशोधन धेरै परेकाले ढिला भइरहेको उनको भनाइ छ । देशको पुरै शिक्षा क्षेत्र मिलाउन कानुन बनाउदा सबैको राय समेटेर बनाउनुपर्ने भन्दै शिक्षा ऐन आउन ढिला भइरहेको उनको धारणा थियो । ‘शिक्षकहरु यतिबेला सडकमा हुनुहुन्छ । ऐन लिएरमात्रै जाने भन्नुहुन्छ । ऐन पसलमा समान किनेजस्तो होइन ।’




प्रतिक्रिया