काठमाडौं, १५ वैशाख । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको मधेश प्रदेश समितिको पूर्ण बैठक सम्पन्न भएको छ । माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज मातृका यादवको प्रमुख आतिथ्यता, वाईसीएल नेपाल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र पार्टी केन्द्रिय सदस्य महेन्द्र पासवानको विशेष आतिथ्यतामा जनकपुरमा पूर्ण बैठक सम्पन्न भएको हो ।
वाईसीएल लनेपालले ‘उद्यमशिलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन, सुशासन, सामाजिक न्याय, समृद्धी र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ आगामी १७ देखि १९ गतेसम्म काठमाडौंमा तेस्रो राष्ट्रिय सम्मेलन गर्दैछ । तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित भएर वाईसीएल नेपालले मधेशको बैठक गरेको हो ।
बैठकले आगामी वैशाख ३० गतेभित्र मधेशका ८ वटा जिल्लाको स्थानीय तह सम्मेलन सम्पन्न गर्ने, जेठ २ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने र जेठ ४ र ५ गते प्रदेश सम्मेलन सम्पन्न गर्नेगरी निर्णय गरेको वाईसीएल अध्यक्ष सुबोधराज सेर्पालीले बताए ।









प्रतिक्रिया