काठमाडौं, १५ वैशाख । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक जारी रहेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका बिषयगत समितिहरूमा सांसदहरुको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन (ब्यावस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९/८०, २०८०/८१ पेस गर्नेछ्न् ।
उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय विधेयक, २०८० माथि छलफल गरियोस र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया