काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सरकारले परिणाम दिनेगरी काम गर्न सक्नुपर्ने बताएका छन् । आज (सोमबार) पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले रिजल्ट देखिनेगरी काम गर्न सक्नुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले सरकारको सन्दर्भमा कांग्रेसको तर्फबाट भएको कमिटमेन्टमा आफूहरु पूर्ण प्रतिवद्ध रहेको बताए । सरकार ढाल्ने र बनाउने ‘पोलिटिकल एड्भेन्चर’ मा आफूहरु नलाग्ने पनि उनले सुनाए ।
‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं । कांग्रेस पार्टीको तर्फबाट हाम्रो कमिटमेन्ट छ । हामी तलमाथि, कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं । हामी यसलाई अगाडि बढाउँछौं । तर, यो समयको हामी प्रयोग गर्न चाहन्छौं । बस्नका लागिमात्रै सरकार भएर हुँदैन । सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौं,’– उनले भने ।




प्रतिक्रिया