काठमाडौं, १५ वैशाख । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छिन् । आइतबार काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत भएकी हुन् । फाउण्डेशनको यसै सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारीसहित ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । यो राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
‘नवनिर्वाचित केन्द्रीय कार्य समितिले विभिन्न क्षेत्रगत चारजना, प्रदेशबाट सातजना र थप १४ जना केन्द्रीय सदस्य पछि मनोनयन गर्नेछ’ –सचिव हस्त पण्डितले बताए । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्षमण्डलका प्रमुख तथा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सम्मेलनबाट डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा.डा. प्रेमसागर चापागाईँ, प्रा.डा. ध्रुवबहादुर कार्की, प्रा.डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा.डा. बद्रिविशाल पोखरेल, डा.विमला राई पौडेल, डा.कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा.कालुसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा (दोस्रोपटक), अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाकोटी, रामप्रसाद न्यौपाने, अमन मास्के, चिन्तन पाठक, विनय केसी, अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा. सुरेश तिवारी र बलबहादुर आचार्य केन्द्रीय सदस्य चयन भएका छन् ।
चौथो सम्मेलनबाट निर्वाचित अध्यक्ष भण्डारीले सामाजिक न्याय, समानता, ज्ञान र विज्ञानमा आधारित विकासका लागि जनताको बहुदलीय जनवादको मार्गदर्शनअनुसार नयाँ कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।




प्रतिक्रिया