काठमाडौं, १५ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । आज (सोमबार) पार्टी एकताबारे छलफलका लागि नउपाले केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा पार्टी एकताबारे छलफल भइरहेको छ ।
नाउपा र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकता घोषणा हुँदैछ । दुई पार्टीहरु एकताको अन्तिम चरणमा छन् । एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी रहने छ भने रेशमलाल चौधरी संरक्षक रहने छन् । अध्यक्षमा सिके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहने छिन् ।
सहमतिअनुसार एकतापछि पार्टीको झन्डा आयाताकार कलेजी रङको पृष्ठभूमिमा सेतो पिँध सहितको ढकिया र चुनाव चिह्न पनि ढकिया नै राखिने छ ।




प्रतिक्रिया