काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकताका लागि आयोजना गरिएको कार्यक्रमस्थलबाट रेशमलाल चौधरी पक्राउ परेका छन् । प्रज्ञा भवन परिसरमा एकता घोषणा कार्यक्रम भइरहेकोमा सादा पोषाकमा आएका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए ।
अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको छ । एसएसपी विश्वराज अधिकारीका अनुसार टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना हुँदा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सो घटनामा रेशमलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका थिए ।




प्रतिक्रिया