प्रधानमन्त्री ओली भेट्न देउवा सिंहदरबारमा, प्रचण्ड पनि आउँदै


काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उक्त भेटवार्तामा सहभागी हुने बताइएको छ ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । File Photo/RN