काठमाडौं, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सरकार बनाउने र भत्काउने प्रक्रियामै डेमोक्रेशी विरुप भइसकेको टिप्पणी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार बनाउने र भत्काउने काममै नेताहरुले डेक्रोक्रेशीलाई छेद्विच्छेद बनाएको बताएकी हुन् । पटक–पटक मान्छे फरिने र फेरिँदा पनि उही मान्छे दोहोरिने प्रणालीको कारण डेमोक्रेशीमा प्रश्न उठेको उनले बताईन् । ‘हामीले पटक–पटक मान्छे फेरिने प्रणाली बनायौं । मान्छे फेरिँदा पनि त्यही मान्छे फेरिने प्रणाली बनायौं । हाम्रो राजनीतिमा एउटा असफलता यही हो । व्यक्ति पनि पटक–पटक फेरिने त्यही व्यक्ति बनिरहेको छ । अर्को कुुरा आफूले गरेको कामको ब्राण्डिङ गरेनौं,’– उनले भनिन् ।
नेतृ झाँक्रीले अहिले कांग्रेस–एमालेसहितको सरकार ढल्ःन नहुने धारणा राखिन् । विगतमा माओवादी–कांग्रेसको सरकार र माओवादी–एमालेको सरकार बन्दा पनि भएन भनेर ढाल्न लागिएको र अहिले एमाले–कांग्रेसको सरकार बन्दा पनि हुँदैन ढाल्नुपर्छ भनियो भने यो पछिको विकल्प के हो त ? भन्ने प्रश्न उठ्ने उनले बताईन् । एउटै पार्टीको बहुमत चाहेर स्थायी सरकार बनाउने हो भने संविधान संशोधनको हिम्मत गर्नुपर्ने उनको भनाइ छ ।
‘हिजो कांग्रेस र माओवादीको सरकार भएन भने । फेरि एमाले र माओवादीको सरकार भएन भनिराखेका थिए । आज एमाले र कांग्रेसको पनि सरकार भएन भने सरकार बनाउने चाहीँ के ले हो त ? एउटै पार्टीको बहुमत बनाउने हो भने त हिम्मत गरौं न त । संविधान फेरौं । ४० प्रतिशत समानुपातिक रहने मिश्रित निर्वाचन प्रणालीले एउटा दलको बहुमत आउँदैन । जब आउँदैन भने कुनै न कुनै दललाई गठबन्धन स्वीकार गर्नु हाम्रो बाध्यता हो । साना–साना इष्यूमा आएर उहाँहरुले कसलाई आईजीपी बनाउने, कसलाई डीआईजी बनाउने, कसलाई एआईजी बनाउने ?’ प्रश्न गर्दै उनले भनिन् ।
त्यस्तै, फरक प्रसंगमा उनले सरकार बनाउने वा नबनाउने आधारमा वामपन्थीहरुको एकीकरण वा ध्रुबीकरण हुन नहुने उनले बताईन् । नेतृ झाँक्रीले यस्तो प्रकारको कमजोर कार्डबाट वामपन्थी एकता हुन पनि नहुने उनको धारणा छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुरा महँगो पर्ने उनको भनाइ छ । नेतृ झाँक्रीले जनताको छोराछोरी ‘हेड अफ द स्टेट’ बन्ने व्यवस्थामा उक्त संस्थाको पनि इज्जत राख्न सक्नुपर्ने उनको भनाइ छ । भण्डारी राजनीतिमा फर्किएर ठूलो मूल्य चुकाउन नहुने र त्यही आधारमा वामपन्थी एकता हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको उनले बताईन् ।
‘आजको दिनमा हाम्रो पार्टीले यस्तो निर्णय लिन्छ भन्ने मलाई लाग्दैन । लोकतान्त्रिक गणतन्त्रले एउटा संस्था बनायो । जनताका छोराछोरीहरु पनि हेड अफ द स्टेट हुन्छन् । जन्मदै शासनको अधिकारको परम्परा जब हामीले अन्त्य गर्यौं । गणतन्त्रको महिमा, गणतन्त्रको व्यूटी संस्था बनाउने व्यक्तिले पनि हो । त्यसकारणले अब त्यो चिजलाई छाडेर के को लागि यती ठूलो पे ब्याक गर्ने ? व्यवस्था प्राप्तिको लागि हामीले जति बलिदानी गर्यौं । त्यसको पे ब्याक धेरै महँगो पर्छ हामीलाई । त्यसकारण त्यो ठाउँमा समाज, दलहरु पुग्छन्, पुग्दैनन् ? त्यो त थाहा भएन । तर, मेरो प्रष्ट कुरा यत्रो मूल्य चुकाउन हुँदैन भन्छु् । के को लागि ?’ प्रश्न गर्दै उनले भनिन् ।
साथै, व्यवस्थामाथि प्रश्न उठ्नुमा दलको भन्दा पनि दलमा भएका केही व्यक्ति जिम्मेवार रहेको उनको भनाइ छ । जतिपनि उठेका प्रश्नको तुलनात्मक हिसाबले हेरिनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकमा दलको व्यक्तिभन्दा पनि योग्य र सक्षम मान्छे गभर्नर नियुक्ति गरिनुपर्ने उनले बताईन् । त्यहाँ दलको आवद्धता खोजिन नहुने उनको भनाइ छ ।




प्रतिक्रिया