काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले केही मानिसहरुले त्यही सिनो बोकेर हिँडिरहेको बताए । उनीहरुले सिनो बोकेर हिँड्दैगर्दा गणतन्त्र पक्षधरहरुले पनि जिउँदै पो छ कि भनेर त्यसलाई लात्ताले हान्न नहुने नेता गुरुङको भनाइ छ ।
उनले राजसंस्थालार्य २०६२÷०६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फलक्षित गर्दै उनले सिनो बोकेर हिँड्नेको काँध गन्हाउने बताए ।
‘मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा हामी पनि फेरि लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै हो कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई लागेको छ । मरिसकेको बाघको सिनो बोकेर आउनेको काँघ त गन्हाउँछ नै । तर, हामीले सिनोलाई लात्तले हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि त । त्यसैले यतापटी ध्यान दिएर आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतिर हामी लाग्न हुँदैन । कर्म, व्यहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले यो व्यवस्थालाई सुदृढ गर्दै लाने हो,’– उनले भने । File photo/RN




प्रतिक्रिया