काठमाडौं, २५ वैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणमा सरकारले कुनै पूर्वाग्रह नराखेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यसअघि अदालतबाट भएको पत्राचारको कार्यान्वयन गरेझैं उक्त दिन पनि पत्र पाप्त भएपश्चात चौधरीलाई पक्राउ गरिएको उनले बताए ।
‘यसअघि सम्मानित अदालतबाट हुनेगरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूर्वाग्रह नरहेको सम्मानित सदनसमक्ष अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएकोसमेत निवेदन गर्न चाहन्छु । यस घटनाले रेशम चौधरीजी, उहाँको परिवारजन र साथीहरुलाई जुन पीडा भयो यसका लागि म पुनः एक पटक सम्मानित सदनसमक्ष दुःख व्यक्त गर्न चाहन्छु,’– उनले भने ।
रेशम चौधरीलाई थुनामा पठाउने भनेर अनाधिकृत रुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तत्काल पक्राउ गरी कानुनी कारबाही सुरु भइसको पनि गृहमन्त्री लेखकले बताए ।




प्रतिक्रिया