काठमाडौं, २७ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि बढाउन चाहेको बताएका छन् । निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए ।
‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरुतिर फर्किने, इतिहासका राम्रा कुराहरुबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसीपमाथि प्रतिक्रियावादी र अवसरवादीहरुले अनेक किसिमका हमला गर्छन् । हामी सबै त्यसमा सचेत हुनुपर्छ,’– उनले भने ।
उनले प्रतिक्रियावादी र अवसरवादीको षड्यन्त्रको विरुद्ध अविचलित भएर लाग्न पनि उनले सबैलाई आग्रह गरे ।






प्रतिक्रिया