एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । शुक्रबार राति भएको छलफलमा दुवै देशका युद्धविरामको लागि तयार भएको ट्रम्पले सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।
भारत र पाकिस्तानले कमन सेन्स र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेर युद्धविरामको लागि सहमत भएको भन्दै ट्रम्पले भनेका छन्, ‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’
जम्मू–कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानबीच तनावको स्थिति बनेको थियो । भारतले उक्त घटनाको जवाफस्वरुप पाकिस्तानका विभिन्न क्षेत्रहरुमा आक्रमण गरेको थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि आज बेलुकी ५ बजेबाटै युद्धविराम लागू भएको बताइसकेका छन् ।





प्रतिक्रिया