नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले जारी गर्यो ह्वीप


काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज ह्वीप जारी गरेका छन् । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले यसअघि ने ह्वीप जारी गरिसकेको छ ।

नीति तथा कार्यक्रम आजको बैठकमा निर्णयार्थ पेश हुँदैछ । अहिले जारी बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले भाग लिएका छन् । दलीय आधारमा बोल्ने क्रम जारी छ ।