काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने बुझिएको छ ।
हिजो नै मन्त्रिपरिषद् बैठक बोलाईएको थियो । तर, गभर्नर नियुक्ती गर्न प्रधानमन्त्री ओलीले आलटाल गरेपछि कांग्रेसका मन्त्रीहरुलाई बैठकमा नजान भनेर सभापति देउवाले भनेका थिए । देउवाले समेत प्रधानमन्त्री ओलीसँगको हिजोको भेट टारेका थिए । तर, आज विहान भने दुई नेताबीच भेटवार्ता भएको थियो । file photo




प्रतिक्रिया