अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिश समितिको बैठक, लगत्तै क्याविनेट बोलाईयो


काठमाडौं, ६ जेठ। अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिश समितिको बैठक बोलाएका छन् । अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् । सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बस्नेगरि आज दिउँसो ४ बजेको लागि सिफारिश समितिको बैठक बोलाईएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्तापछि अर्थमन्त्री पौडेलले सिफारिश समितिको बैठक डाकेका हुन् । लगत्तै आज साँझ ५ बजे क्याविनेट बोलाईएको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार साँझ ५ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाईएको छ ।