काठमाडौं, ६ जेठ । गभर्नर सिफारिश समितिले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि प्रा.डा. विश्वनाथ पौडेलसँगै पूर्व सचिव दिनेश भट्टराईको समेत नाम सिफारिश गरेको छ । पहिलो नम्बरमा पौडेलको नाम सिफारिश गरिएकोले उनी नै गभर्नर बन्ने पक्का भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको गभर्नर सिफारिश समितिको बैठकले पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव भट्टराईको नाम फिारिश गरेको हो । भट्टराई पूर्व गृहसचिव हुन् । उनी अर्थशास्त्रमा नै पिएचडी गर्दैछन् ।
अहिले मन्त्रिपरिषद्को बैठक जारी छ । यही बैठकले गभर्नरमा पौडेललाई नियुक्त गर्नेछ ।





प्रतिक्रिया