अच्युतराज कलौनीको नाममा अक्षयकोष स्थापना, नेविसंघ अध्यक्ष शेर्पाद्वारा २ लाख प्रदान


काठमाडौं, ८ जेठ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संघका पूर्व सहमहामन्त्री तथा नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगरसभापति स्वर्गीय अच्युतराज कलौनीको स्मृतिमा बैजनाथ नमूना उच्च मावि महेन्द्रनरमा अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका छन् ।

कलौनीको नवौं पुण्यतिथिको शोसभामा सम्बाधन गर्दै शेर्पाले सो घोषणा गरेका हुन् । सोहीअनुरुप नेविसंघको तर्फबाट अध्यक्ष शेर्पाले अक्षयकोषमा दुई लाख रकम स्वर्गीय अच्यूतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका हुन् ।