काठमाडौं, ९ जेठ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी हुनेछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो हेर्दाहेर्दैमा राखिएको थियो । आज सुनुवाई जारी हुने भएको हो ।
रविपत्नी निकिताले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकोमा सुनुवाई भएको हो । उता, जोशीले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई रविसँगै राखेर बहस भइरहेको हो । आज जाहेरवालाको तर्फबाट बहस हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।




प्रतिक्रिया