गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन शेखर कोइरालाको सुझाव


विराटनगर, १० जेठ । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । एयरपोर्टको भिजि भिसा प्रकरणमा कुरा उठेको भन्दै मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

आज (शनिबार) विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘उहाँले नैतिकताको हिसाबले लु म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुहोस, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि, त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउने कोइरालाको भनाई छ । विगतमा अरु मन्त्रीहरुले पनि प्रश्न उठिसकेपछि राजीनामा दिएको उनले स्मरण गराए । file photo