स्वर्णिम वाग्लेले सुनाए सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन गरिएको संकल्प


काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पार्टीको सभापति अबपनि रवि लामिछाने नै रहने भन्दै आगामी दिनमा बहुमत ल्याएर प्रधानमन्त्री बनाउन लागिपरेको बताएका छन् । उनले भने,‘अब पनि पार्टीको सभापति रवि लामिछाने नै हो, हामी आगामी दिनमा बहुमत ल्याएर उहाँलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प लिएर हिँडेका छौं ।’

वाग्लेले सभापति लामिछानेको सन्दर्भमा सर्वोच्च अदालतको निर्णयलाई मान्दै न्यायका निम्ति कानूनी र राजनीतिक लडाइँ लड्ने बताए । हिजो (शनिबार) चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ, विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छौं ।’ फाइल तस्विर