भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने कांग्रेसको निश्कर्ष, सोसल मिडियामा अफवाह फैलाईएको दाबी


काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएर आएको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने बैठकले निश्कर्ष निकालेको छ । मन्त्री लेखकले राजीनामा दिन नपर्ने पनि बैठकको निर्णय छ ।

बैठकलगत्तै मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको र निर्दोष रहेको दाबी सुनाए । तर, यस प्रकरणबारे गृहमन्त्री लेखकले सदनबाट जवाफ दिने महतको भनाई छ । file photo