काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता भएको छ । माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।
आज (सोमबार) एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । माओवादी छाडेको १० वर्षपछि उनी फेरि पुरानै घर फर्किएका हुन् ।









प्रतिक्रिया