काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद डा. शशांक कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले एक इन्चपनि गलत नगरेको दाबी गरेका छन् । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,‘उहाँले आज जुन कुरा राख्नुभएको छ, म त छर्लङ भएँ । उहाँको कुनै किसिमको गल्ती छैन् । एक इन्चपनि उहाँले गलत गर्नुभएको छैन् । जतिपनि आरोप लागेको छ, बेबुनियादी आरोप हो । उहाँमाथि लगाईएको लाञ्छना गलत हो । भोलि उहाँ हाउसमा बोल्नुहुन्छ ।’
बैठकमा गृहमन्त्री लेखकले आफ्नो स्पष्टीकरण दिएको पनि कोइरालाले सुनाए । उनले लेखकको कुरा सुनेपछि आफूहरु लेखकमाथि षड्यन्त्र भएको रहेछ भन्ने निश्कर्षमा पुगेको पनि बताए । उनले लेखकले कुनै अनुचित काम नगरेको दाबी गरे । file photo




प्रतिक्रिया