काठमाडौं, १२ जेठ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
यसअघि जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । बयान सकिएसँगै आज (सोमबार) इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । नेपालीले बागलुङ र पोखरामा रहेको इमेज सहकारीबाट दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।




प्रतिक्रिया