काठमाडौं, १३ जेठ । नेकपा (एमाले) का युवा संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन जारी रहेको छ । कास्कीको पोखरामा रहेको पोखरा सभागृहमा आज विहान १० बजेदेखि नेतृत्व चयनका लागि मतदान भइरहेको हो ।
युवा संघको अध्यक्षमा सुमन पुरी र क्षितिज थेबे उम्मेदवार रहेका छन् । थेबे युवा संघका अध्यक्ष हुन् । उनी फेरि १०औं महाधिवेशनमा पनि दोहोरिन खोजेपछि निर्वाचन भएको हो । थेबेलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन रहेको बताइएको छ ।
अहिले पुरी र थेबेले प्यान नै बनाएर चुनावी मैदानमा होमिएका छन् । महाधिवेशनमा कूल १ हजार ७ सय ६४ प्रतिनिधि रहेका छन् । अहिलेसम्म ७ सयभन्दा बढीले मतदान गरिसकेको बताइएको छ ।




प्रतिक्रिया