काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको र उनले राजीनामा दिएर मार्ग प्रशस्त गनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसद् बैठक अवरुद्ध गरेका छन् । आज (मंगलबार) ११ बजेबाट सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदहरुले अवरोध गरेका थिए ।
सबै सांसदहरुले अवरोध गरेसँग सभामुख देवराज घिमिरेले संसद् बैठक आधा घण्टाको लागि स्थगित गरे । तर, रोचक के देखियो भने सबै प्रतिपक्षी दलका सांसद उभिएर गृहमन्त्रीको विरोध गर्दैै राजीनामा मागिरहँदा एकीकृत समाजवादीका दुई सांसद कृष्णकुमार श्रेष्ठ र प्रेम आलेले भने कुनै प्रतिक्रिया जनाएनन् । अरु सांसदले उठेर नाराबाजीमै उत्रिँदा पनि उनीहरु आनन्दले बसेर दृष्यावलोकन गरिरहेका थिए ।




प्रतिक्रिया