काठमाडौं, १४ जेठ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन जनाको सुरक्षामा खटिएका प्रहरीहरुलाई फिर्ता बोलाएको छ ।
सरकारले आज (बुधबार) राप्रपाका प्रमुख सचेतक शाही, पूर्वाधार विकास समिति सभापति दिपक सिंह र नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका सांसद ध्रुवबहादुर प्रधानको पीएसओ फिर्ता बोलाएको हो ।
सरकारले पीएसओ खोसेको विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रमुख सचेतक शाहीले यसबारेमा सरकारलाई नै सोध्न आग्रह गरे । उनले पीएसओ खोसिएकोमा आफूलाई कुनै आपत्तिसमेत नरहेको जवाफ दिए । File Photo/RN




प्रतिक्रिया