काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । विपक्षीहरुको विरोध जारी रहेपछि बैठक सूचना टाँसेर भोलि (बिहीबार) दिउँसो १ः३० बजेसम्मको लागि स्थगित भएको छ । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् ।
सदनको अवरोध खुलाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई समेत फोन गरेका थिए । तर, प्रचण्डले गृहमन्त्री लेखकको राजीनामा गराएर सदनलाई जानकारी गराउन सुझाव दिए ।
उता, गृहमन्त्री लेखकले भने सदनमा आफूले बोल्न पाउनुपर्ने माग गरेका छन् । त्यसको लागि उनले सभामुख देवराज घिमिरेसँग समय मागेका छन् । आज सदन पूनः सुचारु हुन नसकेपछि संसद भवनबाटै पत्रकार सम्मेलन गरेर आफने धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया