धरान, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले भिजिट भिसा प्रकरणमा मन्त्रीमाथि नै छानबिन हुने अवस्था आएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने धारणा राखेका छन् । यद्धपी उनले गृहमन्त्री लेखकले इमानदारीपूर्वक काम गरिरहेको भन्नेमा आफूहरु विश्वस्त रहेको सुनाए । नेपाली कांग्रेस धरान नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन् ।
थापाले भिजिट भिसा प्रकरण अमानवीय र अक्षम्य अपराध भएको टिप्पणी गरे । थापाले भने,‘विश्वास भन्दामाथि कानून र प्रमाण हुन्छ। अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने हाम्रो विश्वास रहन्छ। यो छानबिन गर्दै गर्दा त्यस्तो नहोस्, कथमकदाचित मन्त्री माथि नै छानबिन हुने अवस्था आयो भने के हुन्छ रु त्यस्तो अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ। जिम्मेवारीबाट अलग रहनुपर्छ र त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ, हाम्रो विश्वास छ त्यस्तो भएको छैन। तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ।’




प्रतिक्रिया