काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकको पत्रकार सम्मेलन सुरु भएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले आफ्नो राजीनामा मागेर सदन अवरोध जारी राखेपछि मन्त्री लेखकले आज पत्रकार सम्मेलन गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्न्ता भनिएको कुरा असत्य र बेठिक रहेको दाबी गरे । उनले आफ्नो कुनै संलग्नता नभएको दाबी गरे । उनले आफूमाथि षड्यन्त्र गरेर आक्रामण गरिएको बताए । उनले अख्तियारलाई यो प्रकरणमा स्वतन्त्र निश्कर्षमा पुग्न दिनुपर्ने आफ्नो मत रहेको स्पष्ट पारे ।




प्रतिक्रिया