काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेकपा (एमाले) र राजावादी समूहरुले आयोजना गरेको आजको प्रदर्शन हिंसात्मक हुनसक्ने आँकलन गरेका छन् । उनले सबैलाई शर्तक रहनसमेत अपिल गरेका छन् ।
गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्र्दै उनले भनेका छन्, ‘आज हिंसा हुने सम्भावना छ सबैलाई सतर्क रहन अपिल गर्दछु ।’
उनले व्यवस्थाको विरोधमा गैरसंवैधानिक गतिविधि तत्काल बन्द गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गरेका छन् । उनले राप्रपालाई भनेका छन्, ‘हेक्का रहोस् बगिसकेको खोला र मरिसकेको बराजु फर्केर आउँछ भनेर गरिने कामले समय, शक्ति र सम्पत्ति मात्र नष्ट हुने गर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजनात्मक अभिव्यक्ति, सत्ताधारी एमालेको नियोजित प्रदर्शन, भिजिट भिसा प्रकरणले मातेको बाघजस्तै भएका गृहमन्त्री रमेश लेखक, सरकारले आफ्नो भ्रष्टाचार, बेथिति र काण्डहरुलाई छोप्न खोजिरहेको बाहनालाई उनले आजको प्रदर्शन हिंसात्मक हुनसक्ने कारण बताएका छन् ।




प्रतिक्रिया