काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षीहरु आन्दोलनमै रहेको बताए । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारेका हुन् ।
यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहने पनि उनले चेतावनी दिए । पछिल्लो दुई दिन लगातार सदन अवरोध गरेका विपक्षी दलहरुले आज बजेट ल्याउन भने कुनै अवरोध नगर्ने घोषणा गरेका छन् । अहिले अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेश गरिरहेका छन् ।




प्रतिक्रिया