काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्रको पक्षको प्रदर्शनभन्दा आफूहरुले गरेको प्रदर्शन शानदार रहेको बताए । राजावादीहरुको आजको प्रदर्शनमा संक्षिप्त सम्बोधन गर्दै उनले हिजो नै गणतन्त्र र राजतन्त्रबारे जनमतसंग्रहजस्तो भएको दाबी गरे । राजासहितको नवीन समझदारीमा आउन दलका नेताहरुलाई उनको आग्रह छ ।
अध्यक्ष लिङ्देनले भने–‘राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रहजस्तै भयो । प्रधानमन्त्रीले नै आह्वान गर्नुभएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु,नियन्त्रण गर्छु,निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह गर्छु ।’ file photo




प्रतिक्रिया