काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिपरी कांग्रेसी राखेर आफूलाई फोन गरेको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले वरिपरी कांग्रेसका नेताहरु राखेर आफूसँग गणतन्त्रको बारेमा धारणा बुझ्न फोन गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीको कुराबाट गर्ने शैलीबाट नै वरिपरी कांग्रेसका नेताहरु राखेर फोन गरेको हो भन्ने कुरा अनुमान गरेको प्रचण्डले सु्नाए । प्रधानमन्त्री ओलीसँग आफूले गणतन्त्रको पक्षमा आफ्नो जिम्मेवारी के हो भन्ने कुरा राम्रोसँग बुझेको जवाफ फर्काएकोसमेत बताए ।
‘त्यो गोप्य गर्नका लागि गरिएको फोन नै थिएन त कसरी गोप्य हुन्छ ? कांग्रेस राखेर फोन गरेको भन्ने कुरा फोन गर्दागर्दै थाहा पाएको थिएँ मैले । उहाँको भाषाले यहाँ पक्कै पनि कांग्रेसका नेताहरु पनि हुनुहुन्छ, त्यसो भएकाले यस्तो भाषा प्रयोग भइराखेको छ भन्ने कुरा मैले त्यतिबेला नै बुझेको थिएँ । मैले भने पनि गणतन्त्रको पक्षमा मैले के गर्ने भन्ने खालको कुरा गर्दा गणतन्त्रको पक्षमा मेरो जिम्मेवारी के हो भन्ने कुरा मैले राम्रोसँग बुझेको छु,’– उनले भने ।
साथै, उक्त फोन संवादमा प्रधानमन्त्री ओलीलाई आफूले केही दिनअघि गोर्खामा भएको आमसभामा राजावादी यी वंशवादीको विरुद्धमा गम्भीर रुपले खण्डण गरेको समेत सुनाएको प्रचण्डले बताए । File Photo/RN




प्रतिक्रिया